नेपाल टेलिकमको सर्भर ह्याक गर्ने,सरकारी कर्मचारीनै


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गरी आफूले आर्थिक लाभसमेत लिई नेपाल टेलिकमलाई हानी नोक्सानी पु-याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पु-याएको भन्दै अनुसन्धानको लागि नेपाल टेलिकमको अनुरोध गरेसँगै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा ह्याकरले अन्ट्रासिवल प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिई प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेको जिल्ला धनकुटा, पाख्रिबास न.पा–५ स्थायी वतन भई हाल जिल्ला धनकुटा, धनकुटा न.पा. ४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत वर्ष २८ को दिवाकर देउजालाई असार ३१ गते जिल्ला धनकुटाबाट पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनको लागि बिहीबार नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको सीआइबीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com