भारतमा पनि कोरोनाविरुद्धको भ्याक्सिन मानवमा परीक्षण सुरु
प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार
भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरिएको जनाइएको छ ।हरियाणा स्वास्थ्य मन्त्री अनिल विजका अनुसार भारतमा तयार पारिएको कोरोना भ्याक्सिनको मानव परीक्षण पीजीआई रोहतकमा सुरू भएको छ ।
भारत बायोटेक कम्पनीले तयार गरेको कोभाक्सिन सफलतापूर्वक मुसा र खरायोमा प्रयोग भइसकेको छ । यसपछि यसको प्रयोग मानिसहरूमा सुरू गरिएको हो । अनिल विजका अनुसार यो खोप दिने व्यक्तिमा हालसम्म कुनै प्रतिकूल प्रभाव देखाएको छैन ।