भारतमा नेपाली नागरिकको शीर मुण्डन गरेर दुर्व्यवहार गर्ने ४ जना पक्राउ


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

भारतमा एक नेपाली नागरिकमाथि दुर्व्यवहार गर्ने ४ जना पक्राउ परेका छन् । एक नेपालीको कपाल मुण्डन गरेर जय श्रीराम’ लेख्ने ४ जनालाई वाराणसी प्रहरीले पक्राउ गरेको हो ।

नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गर्ने पाँचजना विरुद्ध उजुरी दर्ता भएको र उनीहरुलाई तत्काल कारबाही थालेको वाराणसीका प्रहरी अधिकृत अमित पाठकले बताएका छन् ।

नेपालीमाथि दुर्वयवहार गर्दै गरेको उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गर्ने अरुण पाठक नाम गरेको व्यक्ति रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले राम नेपालकै भएको बताएपछि वाराणसीमा एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरिएको थियो । उनीहरुले एक नेपालीको शीर मुण्डन गरेर दुर्व्यवहार गर्दै शीरमा ‘जय श्रीराम’ लेखिएका थिए । त्यस्तै उनीहरुले नेपाली युवकबाट जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com