बुटवल-पाल्पा सडक : एउटा पहिरो पन्छाउन नसक्दै पुन: अर्को पहिरो


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डमा खसेको एउटा पहिरो पन्छाउन नसक्दै पुनस् अर्को पहिरो खसेको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिलो पन्छाउन नसक्दै सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर पठाएपनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न सहज रुपमा नसकिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । गौडे पुलमा गएको पहिरो हटाउन आज दिनभर नै लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही ठाउँमै शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक पुरिएको थियो । तर, मानवीय क्षति भने भएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com