प्युठान ट्याक्टर दुर्घटना : मृतक सातै जनाको सनाखत (विवरण सहित)


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका ७ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं- ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकृत प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । गोर्बधन बुढा मगरको उमेर खुल्न बाँकी छ ।

दुर्घटनामा मृत्यु हुने सबै रोल्पाका रहेका छन् । ८ जना सवार ट्याक्टरमा रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं। ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसेको थियो । उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु थिए । दुर्घटना राति नै भएको भएपनि प्रहरी भने आइतबार विहान मात्रै घटनास्थल पुगेको सर्वसाधारणले बताएका छन् । समयमै उद्धार हुन नसक्दा मानवीय क्षती व्यहोर्नु परेको उनी बताउँछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com