बुटवल-तानसेन सडक एकतर्फी खुल्यो


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक आईतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो र दोभान सिद्धबाबा नाग ढुङ्गा भन्ने स्थानमा गएको पहिरो हटाएसँगै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com