नेपालमा पछिल्लो चौबीस घण्टामा १८६ जना नयाँ सङ्क्रमित थपिए, कुल सङ्क्रमित १७ हजार ८४४


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ । पाँच हजार ९३६ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म ११ हजार ८६८ सङक्रमित निको भएका छन् । हाल क्वारेन्टाइनमा कोभिड–१९ का २२ हजार २२८ जना आशङ्कित छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com