कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार अमिताभ बच्चनबाट अस्वीकार
प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो र छोरा अभिषेकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको समाचार अस्वीकार गरेका छन् । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार विभिन्न भारतीय संचारमाध्यम र सामाजिक सञ्जालमा आएको थियो ।
.. this news is incorrect , irresponsible , fake and an incorrigible LIE !! https://t.co/uI2xIjMsUU
— Amitabh Bachchan (@SrBachchan) July 23, 2020
तर अमिताभ बच्चन आफैले यो समाचारको ट्वीटरमार्फत खण्डन गरेका छन् । उनी निकट श्रोतले पनि कोरोनाभाइरस नेगेटिभ आएको कुनै टेस्ट नभएको बताएका छन् । उनीहरुलाई गत जुलाई १२ मा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
ऐश्वर्या र आरधालाई पनि कोरोना पोजेटिभ देखिएपछि केही दिन घरमै क्वारेन्टीनमा राखेर त्यसपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । जया बच्चनलाई भने कोरोना संक्रमण नेगेटिभ देखिएको थियो ।
खसोखासमा यसअगाडि प्रकाशित समाचार सच्याइएको छ ।