नेपालमा कोरोना संक्रमित १७ वर्षीया किशोरीको निधन


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

कोरोना संक्रमित एक किशोरीको शुक्रबार निधन भएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका– ८ घर भएकी १७ वर्षीया महिलाको शुक्रबार गण्डक कोभिड अस्पताल वीरगन्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारार्थ पुगेकी उनको आरडिटी परीक्षण पोजेटिभ आएपछि बिहीबार कोभिड अस्पताल रेफर गरिएको थियो ।

उनको ८ साउनमा स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको शरीरमा अक्सिजनको मात्र कम हुनुका साथै पखाला लाग्ने, जिउ काम्ने, र श्वास–प्रश्वासमा समेत समस्या देखिएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com