स्थायी कमिटी बैठक नरोक्ने खुमलटारको निष्कर्ष


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसहित पक्षधर नेताहरुको बैठकले स्थायी कमिटी बैठक स्थगित नगर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहित केही स्थायी कमिटी नेताहरु सहभागी थिए। तर, उपाध्यक्ष वामदेव गौतम भने भेलामा सहभागी थिएनन्। गत असार १० गतेदेखि प्रारम्भ भएको बैठक पटक पटक स्थगित हुँदै आएको छ । प्रचण्ड-नेपालको बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक दर्जनभन्दा बढीपटक स्थगित भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com