नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

नेपालमा सोमबार थप ४१८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ४१८ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

७ हजार ६३७ जनामा गरिएको पिसिआर परिक्षणमा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या संख्या २० हजार ७५० पुगेको छ । त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com