दार्चुलामा ८० वर्षिया वृद्धाको शव फेला, हत्याको आशंकामा छोरा पक्राउ
प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार
दार्चुलामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिका २ ब्रम्हदेवीकी ८० वर्षिया नारुदेवी बमको शव बिहिबार बिहान घरनजिकै फेला परेको हो । बमको हत्याको आशंकामा उनका छोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
घरभन्दा २० मिटर टाढा र बमको घाँटीमा निलडाम देखिएकोले हत्याको आशंकामा छोरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाँटी च्यापेर बमको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बमका छोरामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।