कोरोना भाइरसबाट नेपालमा थप ५ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।