काठमाडौं उपत्यकामा थपिए १६८ कोरोना संक्रमित
प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १३९ जना, ललितपुरका १ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्र काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ।