मातातीर्थ पुगेर आमालाई सम्झिनेहरूको घुइँचो
प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार
आमा नहुनेहरूका लागि एकमात्र गन्तव्य, काठमाडौंको मातातीर्थ। चन्द्रागिरीको काखमा रहेको मातातीर्थमा पुगेर श्राद्ध, तर्पण गर्नाले आमाको आत्माले शान्ति पाउने विश्वास गरिन्छ। मातातीर्थको महत्त्वबारे यस्तो किंवदन्ती पाइन्छ, द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्ड खस्यो। रोटी झिक्न कुण्डमा निहुरिँदा पानीमा दिवङ्गत आमाको मुख देखेर रुन थाले। संयोगले त्यो दिन वैशाख कृष्ण औंशी परेको थियो। कुण्डमा देखिएकी आमाले ती ग्वालालाई ‘नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औंशीका दिन हामी सबै दिवङ्गत आमा यहाँ आनेउँछौं’ भनेपछि त्यसै बेलादेखि यहाँ याे दिन मेला लाग्न थालेको हो। यहाँ रहेका कुण्ड तथा धारामा नुहाई मन्दिरमा दर्शन गर्ने तथा पितृका नाममा श्राद्ध तर्पण गर्ने परम्परा छ।
\