रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु
प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार
सहकाल र अन्नपातका देवता रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु भएको छ । बिहीबार ललितपुरको मच्छिन्द्रबहालबाट पुल्चोकमा रातो मछिन्द्र देवताको मुर्ति प्रतिस्थापन गरी रथारोहण गरेको चारदिनपछि आजदेखि रथ यात्रा सुरु भएको हो ।
जात्रा अवधिभर होम, गाईदान गर्ने र रथलाई ललितपुरको विभिन्न टोलटोलमा घुमाउने गरिन्छ । लालितपुरको महत्वपूर्ण र र उपत्यकाकै सबैभन्दा लामो मानिने यो जात्रा वैशाख शुक्लप्रतिपदाबाट सुरु भई असार शुक्ला चौथीमा भोटो देखाएपछि सकिने गर्दछ ।
हिन्दु धार्मावलम्बीहरुले रातो मछिन्द्रालाई ऐतिहासिक सन्तगुरु ‘करुणामय’को रुपमा पुज्ने गर्दछन् । बौद्धधर्मावलम्बीहरुले ‘पद्मपाणी’का रुपमा पुजा गर्ने गर्दछन् ।
परापूर्वकालमा १२ बर्षसम्म पानी नपरेर किसानले बाली लगाउन नपाएपछि रातो मच्छिन्द्रनाथको विधिवत् रुपमा पूजाआजा गरेपछि पानी परेको र त्यसै समयदेखि रातो मच्छिन्द्रनाथको जात्रा मनाउन सुरु गरिएको किंम्वदन्ती छ ।