जनवरी भिसा बुलेटिन : ग्रिनकार्डवाहकका २१ बर्ष काटेका छोराछोरीलाई साढे ५ बर्षमा ग्रिनकार्ड


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ को जनवरीका लागि भिसा बुलेटिन जारी गरेको छ । जस अन्तरगत विभिन्न श्रेणीका भिसामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न मिल्ने मिति उल्लेख गरिएको छ ।

जस अन्तगत ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा भिसा बुलेटिनमा उल्लेख गरिएको ग्रिनकार्ड जारी गर्ने मितिलाई नै युएससीआईएसले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नसक्ने मितिका रुपमा समेत स्वीकार गरेको छ । जुन मिति करेन्ट रहेको छ ।

अर्थात् यो श्रेणीमा ग्रिनकार्डवाहकले अमेरिकाभित्रै रहेका आफ्ना दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्नका लागि प्राथमिकता मिति कुर्नुपर्नेछैन । तत्काल आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ पनि दिनसक्नेछन् । विदेशमा रहेकाहरुका सन्दर्भमा डिसेम्बर ३१ सम्म आप्रवासी भिसामा रोक लगाइएकाले कार्यकारी आदेशबाट सो अवधि नथपिए जनवरीमा भिसा पाउनेछन् ।

अन्य श्रेणीका ग्रिनकार्डका सन्दर्भमा भने भिसा बुलेटिनमा जारी प्राथमिकता मितिलाई नै युएससीआईएसले स्वीकार गरेको छ ।

जनवरीको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डका लागि आप्रवासी भिसा जारी गर्ने आवेदनको प्राथमिकता मिति । अर्थात् उल्लेखित अवधिमा फाइल गरेका आवेदनकले जनवरीमा ग्रिनकार्ड पाउन सक्छन् । स्मरणीय छ, आप्रवासी भिसामा रोक लगाउने कार्यकारी आदेश डिसेम्बर ३१ सम्म कार्यान्वयनमा रहेको छ । श्रोत:  भिसा बुलेटिन

भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि ६ बर्ष ४ महिना रहेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछारीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि झण्डै साढे ५ बर्ष रहेको छ । अमेरिकी नागरिकका तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि कम रहेको छ ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि साढे १२ बर्ष रहेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि झण्डै १४ बर्ष ३ महिना रहेको छ ।

अमेरिकामा नै हुनेहरुका सन्दर्भमा भने जनवरीमा निम्न प्राथमिकता मिति भएका आवेदकका लागि जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ । श्रोत: युएससीआईएस

यदि अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २०१५ को जुलाई २२ अगाडि फाइल गरिएको हो भने उनीहरुले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । त्यस्तै ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २०१६ को मे १ अगाडि फाइल गरिएको थियो भने उनीहरुले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरी अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २००८ को जुलाई ८ भन्दा अगाडि फाइल गरिएको थियो भने उनीहरुले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै बैध स्टाटसमा रहेका छन् र उनीहरुको आई १३० आवेदन सन् २००६ को अक्टोबर ८ अगाडि फाइल गरिएको थियो भने उनीहरुले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

चीन, भारत, मेक्सिको र फिलिपिन्सका सन्दर्भमा यी श्रेणीहरुमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति अझै लामो समयदेखिको रहेको छ ।

रोजगारमा आधारित सबै श्रेणीहरु जनवरीमा करेन्ट रहेका छन् । अर्थात् यी श्रेणी आई १४० आवेदनसँगै आई ४८५ आवेदन फाइल गर्न सकिन्छ । प्राथमिकता मिति कुर्नुपर्दैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com