प्रचण्ड स्वदेश फर्कंदै
प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सिता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड शनिबार साँझ स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।
पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कन लागेको बताइएको छ । सीतासँग उनका छोरीहरु छन् ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।