राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन आह्वान
प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसअनुसार भण्डारीले उक्त दिन अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भएपछि सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद आह्वान गरेको जानकारी दिए।
सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा अधिवेशन बोलाउनेबारे छलफल भए पनि निर्णय भने भएको थिएन।