सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता ‘सकारात्मक’


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता भएको छ। सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सदस्य राजन भट्टराई र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेबीच बुधबार बिहान वार्ता भएको हो।

वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य भट्टराईले बताए। ‘आजको वार्ता सकिएको छ, फेरि बस्ने सहमति भएको छ,’ भट्टराईले भने। दोस्रो चरणको वार्ता कहाँ गर्ने भनेर खुलाइएको छैन।

वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग अगाडि सारेको छ।

मंगलबार वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com