प्रहरी स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)
प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार
आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पूर्वी नवलपरासीबाट विदा भएका छन् । चन्दलाई पूर्वी नवलपरासीमा उनका कार्यकर्ताले विदाई गरेका हुन् ।
आज बिहान ३ बजे नवलपरासी आईपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं आउन लागेका हुन् । आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा हुने विशेष कार्यक्रममार्फत विप्लव सार्वजनिक हुने तय भएको छ ।
कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने तय भएको छ भने तीन बुंदे सहमतिपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । वार्तापछि भएको सहमति अनुशार २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिषद् बैठकले हटाउने निर्णय गरेको थियो।
बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।