सन्ध्या तिवारी नेतृत्वको एमालेले नाम फेर्‍यो


प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार

सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले पार्टीको नाम परिवर्तन गरेको छ। निर्वाचन आयोगको आग्रहअनुसार तिवारी नेतृत्वको एमालेले पार्टीको नाम परिवर्तन गरेको हो।

नेकपा नाम विवादमा सर्वोच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काएको थियो।

आयोगले नाम परिवर्तनका लागि आग्रह गर्दै फागुन २५ गते तिवारी नेतृत्वको एमालेलाई पत्राचार गरेको थियो। आयोगको आग्रहसहितको पत्रअनुसार नाम परिवर्तन गर्ने निर्णय भएको अध्यक्ष तिवारीले बताएकी छिन्।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दलको नाम नेपालीमा जनता जनवादी पार्टी (जजपा) र अंग्रेजीमा पिपुल्स डेमोक्रेटिक पार्टी नेपाल (पिडिपी) राखिएको उनले जानकारी दिएकी छिन्।

पार्टीको नाम परिवर्तन गर्न तिवारीले आयोगमा निवेदन दर्ता गराएकी छिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com