यस्तो छ माधव नेपालले कार्यकर्ता भेलामा प्रस्तुत गरेको अवधारणापत्र (पूर्णविवरणसहित)


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेठ २ गतेलाई प्रस्थानविन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्ने बताएका छन्। बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा अवधारणापत्र प्रस्तुत गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न पार्टी एकतालाई बचाउनु पर्ने उल्लेख गरेका हुन्।

उनले भनेका छन्, ‘२०७५ जेष्ठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसङ्गठन र विभागहरुको पुनस्र्थापना गर्नु पर्छ । पार्टीलाई नवौ महाधिवेशनको कार्यदिशा र विधानकोआधारमा सञ्चालन गर्नुपर्दछ । नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादहरुको विधिसम्मत समाधान खोजिनु पर्छ ।’

नेपालले अवधारणापत्रमा भनेका छन्, ‘पार्टी अध्यक्ष र उहाँको सानो गुटले पार्टीलाई आफ्नो महत्वाकांक्षाको व्यवस्थापन गर्ने झुण्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको छ । मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ । ती महत्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रुपमा अघि बढ्नुभएको छ ।’

अवधारणापत्र हेर्न यो लिंकमा जानुहोला

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com