यस्तो छ नेपाल–खनाल पक्षको भेलाले पारित गरेको १७ बुँदे प्रस्ताव (पूर्ण विवरणसहित)
प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार
नेकपा एमालेको खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।
भेलाले पार्टी विधान, पद्धति र एमालेको सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष केपी ओलीका तर्फबाट भएका निर्णय र कामलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
फागुन २८ को निर्णय सर्वोच्च अदालतको फैसलाविपरीत तथा एमालेको एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ लक्षित रहेको नेपाल–खनाल पक्षले निष्कर्ष निकालेको छ।