भारतमा कोरोना संक्रमण बढेपछि सरकारले लगायो सभा, जुलसमा रोक


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

केही सातादेखि छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा सरकारले सभा, जुलुस, र्‍याली, बैठक तथा जमघटमा रोक लगाएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपालमा समेत संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभाजुलुस गर्न रोक लगाएको हो।

मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन भीडभाड हुने कार्य नगर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल कूल परीक्षणको ३ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com