ओली पक्षले पठायो माधव नेपालसहितका चार नेतालाई स्पष्टीकरणपत्र


प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार

नेकपा एमालेको केपी ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आइतबार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण पत्र पठाएको कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए। बैठकले चारै नेतालाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। लिखित स्पष्टीकरणको पत्र नेताहरुका घरमै पुगेर बुझाइएको हो।

पत्रमा वरिष्ठ नेताहरु नै सहभागी भएर समानान्तर कमिटी बनाएको, विधानविपरीत भेला र गुटगत गतिविधि गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com