देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेकाे गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

शिक्षामन्त्री  कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हाे।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मौसमी प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति थियो। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताए।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियाे। मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको थियाे।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com