आइपुग्यो चीनले दिएको ८ लाख डोज खोप


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

चीनले सहयोगमा दिएको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो। यही चैत १ गतेको मन्त्रिपरिषद बैठकले छिमेकी मुलुक चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

सो निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख डोज खोपलगायत सहायता सामग्री लिन निगमको जहाज आइतबार बेइजिङ गएको थियो। ‘भेरासेल’ खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ। यसको उत्पादन चीनको सिनोभ्याक बायोटेकले गरेको हो।

यसअघि नेपाललाई भारत सरकारले कोभिसिल्डको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो। त्यस्तै नेपालले २० लाख डोज खोप खरिद गर्न भुक्तानी गरिसके पनि अहिलेसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ। त्यस्तै ुकोभ्याक्सु सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ। उक्त सुविधाअन्तर्गत नेपालले जम्मा २२ लाख डोज खोप पाउनेछ। यस्तै आइतबारमात्रै भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिशिल्ड खोप सहयोगमार्फत उपलब्ध गराएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com