ओलीका क्रियाकलापविरुद्ध देशव्यापी रुपमा उत्रन नेपाल–खनाल समूहद्वारा नेता–कार्यकर्तालाई आग्रह (वक्तव्यसहित)


प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार

नेकपा एमालेको माधव–झलनाथ समूहले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको ६ महिनाको निलम्बन पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयको परिणाम भएको बताएको छ।

सो पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकपछि जारी संयुक्त वक्तव्यमा यस्तो उल्लेख गरिएको हो। वक्तव्यमा उनीहरुले यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको भत्र्सना गरेका छन्।

ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टी हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक संगठित भई देशव्यापी रुपमा सक्रिय हुन उनीहरुले देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिस्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गरेका हुन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com