हरिद्वार पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने–बाह्य दबाब र सांस्कृतिक अतिक्रमण भएको छ (सम्बोधनको पूर्णपाठसहित)
प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार
नेपालका राजाकै हैसियतमा भारतको हरिद्वारमा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताएका छन्।
हरिद्वारमा आयोजित कुम्भ मेलालाई सम्बोधन गर्दै उनले अब हिन्दू धर्म बचाउनुपर्ने बताए। ‘अब हामीले हाम्रो धर्म बचाउनुछ, हाम्रो संस्कृतिको रक्षा गर्नुछ, हाम्रा मठमन्दिर, देवस्थल र धामहरुको विकास गर्नुछ,’उनले भने।
पूर्वराजाले सांस्कृतिक अतिक्रमणको सन्दर्भ उल्लेख गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ भन्ने निबन्ध पनि उल्लेख गरेका थिए। ‘सानो छँदा मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको के नेपाल सानो छ भन्ने निबन्ध पढेको थिएँ, बडो चिन्ताका साथ हामो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो।