निर्धन उत्थान लघुबित्तका सबै शाखाबाट २० लाख बढी रकम छात्रबृत्तिमा, रामकोटबाट सोहन र ज्योतिलाई
प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार
नेपालकै पहिलो लघुबित्त संस्था निर्धन उत्थान लघूवित्तको काठमाडौं रामकोट शाखाका तर्फबाट २०७७ सालको प्लस टुमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रलाई छात्राबृत्ति प्रदान गरिएको छ । संस्थामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने नागार्जुन ७ का सोहन लामा छात्रबृत्ति प्रदान गरिएको हो । नागार्जुन ७ कै ज्योति तामाङलाई पनि रामकोट शाखाका तर्फबाट छात्राबृत्ति हस्तान्तरण गरिने भएको छ ।
रामकोट शाखाका प्रबन्धक कल्पना खनालले संस्थाका तर्फबाट छात्रबृत्ति रकम हस्तान्तरण गर्नुभयो । बित्तीय संस्थाका संस्थापक अध्यक्ष डाक्टर हरिहरदेव पन्तको स्मृतिमा हरेक बर्ष प्रदान गर्दै आएको छात्रवृत्ति यस बर्षपनि प्रदान गरिएको हो । उक्त छात्राबृत्ति अन्तरगत नेपालका शाखा कार्यलयवाट दुई दुई जनालाई जनही ६ हजार नगद प्रदान गरिएको छ ।
‘रामकोट शाखाले किस्ता उठाउने काममात्र नगरी सामाजिक उत्तरदायित्व पनि गरेको छ । हामीले ग्राहक सदस्यलाई सुत्केरी स्याहार, मृत्यु सस्कार खर्च, छात्राबृत्ति साथै कोरोनाको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा अन्य राहत सुविधाहरु दिएका छौं ।’ – शाखा प्रबन्धक कल्पना खनालले जानकारी दिनुभयो ।
निर्धन उत्थान लघुबित्तका नेपालभर ७७ वटै जिल्लामा १८१ शाखा रहेका छन् । हरेक शाखामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये दुईदुई जनाका दरले हरेक बर्ष छात्राबृत्ति प्रदान गर्दै आएको छ । जुन रकम २० लाख रुपैया भन्दा बढी रहेको छ ।