बादलको सांसद पद खारेज, मन्त्रीबाट समेत स्वतः पदमुक्त
प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार
सर्वोच्च अदालतको फैसलापछि पनि माओवादी केन्द्र नफर्किइ एमालेमै रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ पदमुक्त भएका छन्।
गृहमन्त्रीसमेत रहेका थापा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राष्ट्रिय सभा नियमावली २०७५ मा भएको व्यवस्था बमोजिम पदमुक्त भएका हुन्।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले थापाको पद रिक्त रहेको माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको पत्र स्वीकृत गरेका हुन्।
अधिवेशन चालू नरहेकाले संसदले सूचनामार्फत् थापा पदमुक्त भएको जानकारी गराको हो।
सांसद पदमुक्त भएसँगै थापा मन्त्रीपदबाट समेत स्वतस् पदमुक्त भएका छन्। उनले आइतबार साँझ नै मन्त्री पदको सपथ लिने तयारी छ।