नेपालमा दिनहुँ नयाँ रेकर्ड बनाउँदै कोरोना संक्रमण, २४ घण्टामा थपिए ९०७० संक्रमित


प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार

नेपालमा दिनहुँ कोरोनाले नयाँ रेकर्ड बनाउन थालेको छ। पछिल्लो २४ घण्टामा ९हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको ६।

यस्तै, देशभर २ हजार ७ सय ७ जना संक्रमित निको भएका छन्। हालसम्म संक्रमित निको हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ।

बिहीबारसम्म ७२ हजार ५ सय ६१ सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५४ जनाको कोरोनाबाट निधन भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com