गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।
आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुनु एकदिनअघि गुरुङले राजीनामा दिएका हुन्।
गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका छन्।