ओली–नेपाल वार्ता सकारात्मक, नेपालले भने–राजीनामा दुई–चार दिनलाई टर्‍यो


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

नेकपा एमालेको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको छ।

बुढानीलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा चार घण्टा भएको वार्ता सकारात्मक भएको हो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले वार्ता मिल्ने दिशामा अगाडि बढ्न खोजेको बताए। योसँगै आफूपक्षीय सांसदको राजीनामा पनि केही दिनका लागि टरेको उनले बताए। ‘वार्ता मिल्ने दिशामा अगाडि बढ्न खोजेको छ,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘आज राजीनामा भएन, दुई चारदिनलाई टर्‍यो।’

नेता नेता नेपालले फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ कै अवस्थामा फर्कने विषय सहमतिको आधारमा टुंगो लाग्ने पनि बताए।
दुई नेताबीच जेठ २ मा फर्कन कार्यदल बनाउने सहमति पनि भएको बताइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com