प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च जाने विपक्षी गठबन्धनकाे निर्णय
प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार
विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको विपक्षी गठबन्धनको बैठकले संयुक्त वक्तव्य निकाल्दै १४९ जना सांसदसहित अदालत जाने निर्णय गरेको हाे।
वक्तव्यमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।