बजेट ०७८/७९ : सबै सरकारी प्रयोगशाला र अस्पतालमा कोभिडको निःशुल्क परीक्षण र उपचार (बजेटको पूर्णपाठसहित)


प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार

सरकारले सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिडको निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाउने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पर्ने आइसीयू, एचडियु, भेन्टिलेटर, टेस्ट किट्सलगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। कोभिडको उपचारमा प्रयोग हुने औषधिको आयातमा भन्सार महसुल छुट दिइएको छ।
उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवानिवृत्त तथा इन्टर्नशिपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिमभत्ता र तलब पाउनेगरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था मिलाइएको छ।

सरकारले कोभिडविरुद्ध निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याइएको छ। यस्तै, सरकारकाले कोभिड रोकथाम,नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ।

कोभिड १९ बाट संक्रमित बिरामीका लागि सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्ट्रल कमाण्डको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी १ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि तलको लिंकमा क्लिक गर्नुहोला

बजेट वक्तव्य २०७८-७९

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com