परीक्षण बढेसँगै संक्रमितको संख्यामा पनि वृद्धि, ४५२२ मा संक्रमण पुष्टि, ४१ को मृत्यु


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा १६ हजार ९१३ मा नमुना परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१२ हजार २०४ मा पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जनामा र ४,७०९ जनामा एन्टिजेन परीक्षण गर्दा ८१९ जनामा संक्रमण पुष्टि भएको हो।

यसअघि सोमबार ६ हजार ५८३ पिसिआर र ४ हजार ३२१ नमुना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबारको तुलनामा मंगलबार संक्रमण ह्वात्तै बढेको हो।

यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ। योसंगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८,८१३ पुगेको छ।

यस्तै, काठमाडौं उपत्यकामा ४७६ संक्रमित थपिएका छन्। जसमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ छन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com