देउवाले पाए विश्वासको मत
प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरुको सहयोगले उनले विश्वासको मत पाएका हुन्।
मतदानमा २४९ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ। एक सांसद तटस्थ बसेका थिए।
सर्वोच्च अदालतको असार २८ को परमादेशअनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि उनले नियुक्त भएको पाँचौ दिनमा विश्वासको मत लिएका हुन्।
अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका केही सांसदहरूले पनि नेपालसँगै देउवालाई विश्वासको मत दिएका छन्।
ओली सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि देउवा सरकारलाई मत दिएको छ।