बढ्दै कोरोनाः ४१०४ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १२७९ मा संक्रमण पुष्टि
प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार
नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि भएको छ। ११३५४ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २९७५ जनामा र ४९४४ जनामा एन्टिजेन परीक्षण गर्दा ११३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ। जसअनुसार भक्तपुरमा २०६, ललितपुरमा १६५ र काठमाडौंमा ९०८ जनागरी १२७९ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरिएका नमुनामध्ये २६ प्रतिशत व्यक्तिहरुमा संक्रमण देखिएको छ। संक्रमणदर सबैभन्दा बढी कर्णालीमा ५७.३ प्रतिशत छ। यस्तै, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।