विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदबहाली गरेका हुन्। उनी प्राधिकरण पुग्दा ठूलो संख्यामा उपस्थित कर्मचारीहरुले स्वागत गरेका छन्।

पदबहालीपछि स्वागतमा आयोजित कार्यक्रममा उनले ठूलो चुनौती स्वीकार गरेर आफू प्राधिकरणमा दोस्रो कार्यकालका लागि आएको बताए। उनले भने, ‘व्यक्तिगत जीवनमा योजत्तिको चुनौती अरु हुनेछैन।’

उनले दोस्रो कार्यकालका लागि आउने आफ्नो इच्छा नभए पनि जनअपेक्षाले गर्दा पुनः प्राधिकरणमा आएको बताए।

यस्तै उनले गुणस्तरीय सेवा आफ्नो पहिलो प्राथमिकता रहेको बताए। घिसिङले प्राधिकरणको सुशासनलाई प्राथमिकता दिने, वितरण प्रणालीमा डिजिटाइजेसन गर्ने, स्मार्ट मिटर देशभरि पुर्‍याउने, अन्डरग्राउण्ड केवलिङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, तत्काल ट्रान्समिसन परियोजना सम्पन्न गर्ने, ठूला रिजर्भ्वायर परियोजना सुरु गर्नेजस्ता कार्यलाई आफ्नो प्राथमिकता दिने पनि बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com