जापानबाट आइपुग्यो थप २ लाख डोज एस्ट्राजेनेका, प्रदेश १ र २ मा लगाइने


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको छ। यसअघि साउन २३ र २४ मा गरी ९ लाख डाेज खोप आइसकेको छ। बाँकी खोप आइतबार र सोमबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउनमा आएकोे खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

नेपालमा यसअघि कोभिसिल्डको २४ लाख ४८ हजार डोज, भेरोसेलको ७४ लाख डोज, जोन्सन एन्ड जोन्सनको १६ लाख डोज तथा एस्ट्राजेनेकाको १० लाख ७७ हजार ३२० गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

स्वास्थ्य मन्त्रालय

शनिबारसम्म ३८ लाख ३५ हजार ६ सय ८ जनाले कोरोनाविरुद्धको दुवै डोज र ४९ लाख ३५ हजार ५६ जनाले पहिलो डोज खोप लगाइसकेका छन्। शनिबार ६३ हजार ९ सय ६३ जनाले खोेप लगाएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com