नेपालमा कोरोनाः १८०१ संक्रमित थपिए, २४ को मृत्यु


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

नेपालमा २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४४१, ललितपुरमा १६७ र भक्तपुरमा १०० जनामा संक्रमण पुष्टि भएको छ। कास्कीमा २०८ संक्रमित थपिएका छन्।

यस्तै, सोमबार थप २४ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म १० हजार ५ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ छ। जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसन र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन्। ३९३ जना क्वारेन्टाइनमा, ६७९ जना आइसीयू र १७६ जना भेन्टिलेटरमा छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com