पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/03/korona-viral-1.jpg?fit=1100%2C550&ssl=1)
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् ।
सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।