१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनार पक्राउ
प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।