न्यायालयको विवाद : वकिलबीच कुटाकुट
प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार
नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।
इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा कुटाकुट भएको हो ।