नेपालमा ओमिक्रोन भेरियन्ट देखिएको छैन, तर विदेश नजानू : स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारीगर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।
उहाँले विज्ञप्ति जारी गर्दै नेपालमा ओमिक्रोन भेरियन्ट अहिलेसम्म देखानपरेको जानकारी समेत दिनुभएको छ । यद्यपि सावधानी स्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरिएको छ ।