राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८.
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गर्नुभएको हो ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्पतिमा उल्लेख छ।