राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा सन्दीप लामिछाने,चार क्रिकेटर कारबाहीमा


प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे।

क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍’

विज्ञप्तिको पूर्णपाठ :

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com