देशभर कतै वर्षा कतै हिमपात,पर्वतारोहण-हवाइ यात्रा नगर्न मौसविदको आग्रह


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

आज काठमाडौँ लगायतका धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।  काठमाडौमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातसमेत भइरहेको छ ।

आज धेरैजसो स्थानमा पूर्वतय बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण, हवाईरयातायात लगायत नगर्न सुचनासमेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम अनुकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविदहरुले जानकारी गराएका छन् ।

चिसोबाट बच्न आग्रहसमेत गरिएको छ । वर्षा हुनेक्रम बिहीबार र शुक्रबार पनि जारी रहनेछ । बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com